संसदीय समितिलाई कर्मकाण्डी बनाउन हुँदैन, सरकारले निर्देशन पालना नगरे कारबाही गर्नुपर्छ : रवि लामिछाने

संसदीय समितिलाई कर्मकाण्डी बनाउन हुँदैन, सरकारले निर्देशन पालना नगरे कारबाही गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाउन नहुने बताएका छन्।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिलाई प्रभावकारी बनाएर जानुपर्ने बताएका हुन्।

उनले भने, ‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ। तर, संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निष्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन।’

लामिछानेले समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्नेबारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताए।

उनले थपे, ‘कसैलाई फसाउन गरिएको निर्णय हो भने विरोध गरौँ नत्र भने लागू गरौँ।’

जेठ २, २०८० मंगलबार १५:२३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।