अमेरिकामा एक किशोरद्वारा अन्धाधुन्ध गोली हानि ३ जनाको हत्या, प्रतिकारमा आफू पनि मारिए

अमेरिकामा एक किशोरद्वारा अन्धाधुन्ध गोली हानि ३ जनाको हत्या, प्रतिकारमा आफू पनि मारिए

एजेन्सी : अमेरिकाको न्यु मेक्सिकोमा एक १८ वर्षीय बन्दुकधारी युवकले अन्धाधुन्ध गोली चलाउँदा ३ जनाको ज्यान गएको छ।

न्यु मेक्सिकोको फार्मिङ्टन शहरको आवासीय क्षेत्रमा एक चर्च बाहिर भएको गोली काण्डमा दुई प्रहरी अधिकारीहरू सहित अन्य ६ जना घाइते भएका छन्।

अल जजीराका अनुसार गोली हान्ने ती युवकलाई प्रतिकारमा प्रहरीले गोली हानी मारेको छ। सो घटनाबाट अन्य थुप्रै नागरिक पीडित भएको फार्मिङ्टन प्रहरीले जानकारी दिएको छ।

यस गोली काण्डपछि शहर भरका विद्यालयहरू बन्द गरिएको प्रहरीले जनाएको छ।

जेठ २, २०८० मंगलबार १३:५७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।