कांग्रेसको प्रतिक्रियाः खाँणले निर्दोष छु भनिरहनुभएको छ, निर्णय लिन हतार गर्नु हुँदैन

कांग्रेसको प्रतिक्रियाः खाँणले निर्दोष छु भनिरहनुभएको छ, निर्णय लिन हतार गर्नु हुँदैन
फाइल तस्वीर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफ्ना नेता बालकृष्ण खाँणले निर्दोष छु भनेकाले अनुसन्धान सकिएपछि मात्र निर्णय गर्ने कांग्रेसले बताएको छ। 

खाँण पक्राउ परे पनि कांग्रेसले अहिलेसम्म उनलाई निलम्बन गरेको छैन। 

कांग्रेसले गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्रीसमेत डा. प्रकाशशरण महतले यस प्रकरणमा स्वतन्त्र, निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए। खाँणबारे अनुसन्धान भइरहेको भन्दै निर्णय लिन हतार गर्न नहुने प्रतिक्रिया दिए। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा सभापति किन मौन भन्ने पत्रकारको प्रश्नमा महतले भने, 'पार्टी सभापति धेरै बोल्ने बानी पहिल्यैदेखि छैन, तर उहाँले यो अनुसन्धानमा हाम्रो पूरा सहयोग हुन्छ, निष्पक्ष स्वतन्त्र अनुसन्धान हुन्छ भन्नुभएको छ। उहाँले सघाइरहनुभएको छ।'

दोषी निर्दोष र निर्दोष दोषी हुन नहुने उनले बताए। 'दोषीलाई बचाउनुपर्छ हामीले कहिल्यै भन्छौँ,' उनले प्रश्न गरे। 

जेठ २, २०८० मंगलबार ११:५९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।