प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ।
‘आजबाट समितिहरूको बैठक सुरू भएपछि संसद्ले लय समातेको छ।संसदमा विचाराधिन विधेयकहरू टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दैै सचिवालयले भन्यो, ‘सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ। सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु।’
यसैगरी सभामुख घिमिरेले संसद् सचिवालयले पनि नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको पनि जानकारी दिए।
जेठ २, २०८० मंगलबार ११:२७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।