मेस्सीलाई फर्काउन लागिपर्‍यो बार्सिलोना, अध्यक्ष भन्छन् : यसका लागि हामी सकेजति गर्नेछौं

मेस्सीलाई फर्काउन लागिपर्‍यो बार्सिलोना, अध्यक्ष भन्छन् : यसका लागि हामी सकेजति गर्नेछौं

एजेन्सी : बार्सिलोनाका अध्यक्ष जोन लापोर्ताले मेस्सीलाई क्लबमा फर्काउन आफूहरूले सकेजति गर्ने बताएका छन्।

यसै सिजन पीएसजी छाड्ने तयारीमा रहेका मेस्सी पुनः बार्सिलोना फर्कने सम्भावनालाई यसले थप प्रमाणित गरेको छ।

लापोर्ताले बार्सिलोना मेस्सीको दोस्रो घर रहेको बताउँदै उनलाई फेरि क्लबमा भित्र्याउन लागेको संकेत गरेका छन्। ‘मेस्सीलाई बार्सिलोना फर्काउन क्लबले सकेजति गर्नेछ,’ उनले भने।

हाल फ्रेन्च क्लब पीएसजीसँग अनुबन्धित ३५ वर्षीय मेस्सीले यो सिजन पीएसजी छोड्ने लगभग पक्का छ। दुई वर्ष अघि बार्सिलोनाबाट नै पीएसजी गएका मेस्सीसँगको क्लबको सम्झौता यसै सिजन सकिंदैछ।

पीएसजी र मेस्सी दुवैले सम्झौता नवीकरण गर्ने कुनै संकेत पनि गरेका छैनन्।

बार्सिलोनाले आर्थिक संकटको कारण देखाउँदै २१ वर्ष क्लबमा रहेका मेस्सीको खर्च धान्न नसक्ने भनेपछि मेस्सीले सन् २०२१ मा कल्ब छाडेका थिए।

जेठ २, २०८० मंगलबार ०९:२२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।