लेस्टरविरुद्ध लिभरपुल ३-० ले विजयी, तीनै गोलमा सलाहको असिस्ट
एजेन्सी : लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको छ।
लेस्टरलाई उसकै घरेलु मैदानमा हराउन लिभरपुलको तीनै गोलमा मोहम्मद सलाहले असिस्ट गरेका थिए।
गए राति भएको खेलको ३३ औं र ३६ औं मिनेटमा सलाहको पासमा लगातार दुई गोल गर्दै कर्टिस जोन्सले लिभरपुललाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए।
यसपछि ७१ औं मिनेटमा एलेक्सान्डर आर्नोल्डले अर्को गोल गर्दै लिभरपुलको ३-० को जित पक्का गरे।
यो जितसँगै लिभरपुलले लिगको शीर्ष चारको सम्भावना बलियो बनाएको छ। जितपछि लिभरपुल ३६ खेलबाट ६५ अंकसहित लिगको पाँचौं स्थानमा कायमै छ।
चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३५ खेलमा ६६ अंक छ। लेस्टर भने ३६ खेलबाट ३० अंकसहित लिगको १९ औं स्थानमा रहँदा रेलिगेसनको संकटमा छ।
जेठ २, २०८० मंगलबार ०७:४२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।