आयोगको निर्देशनपछि जसपाले सार्वजनिक गर्यो लेखा परीक्षण प्रतिवेदन

आयोगको निर्देशनपछि जसपाले सार्वजनिक गर्यो लेखा परीक्षण प्रतिवेदन

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेश गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ।

निर्वाचन आयोगको गत शुक्रबारको निर्देशनपछि जसपाले सोमबार आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन सार्वजनिक गरेको हो।

निर्वाचन आयोगले वैशाख २७ गते राजनीतिक दलहरूलाई निर्वाचन आयोगमा पेश गरेको लेखा परीक्षण प्रतिवेदन पार्टी कार्यालय, वेवसाइट, सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत ७ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो।

जेठ १, २०८० सोमबार १८:४७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।