टोपबहादुर समातिएको भोलिपल्ट भ्रष्टाचारविरुद्ध एमालेले निकाल्यो जुलुस
प्रमुख प्रतिपक्षी एमालेले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ।
सोमबार काठमाडौंको भृकुटीमण्डमा एमालेका नेताहरूले जुलुस निकालेका हुन्। यस क्रममा एमाले नेता तथा कार्यकर्ताहरूले ‘दोषी नछुटून्, निर्दोष नफसून्’ लेखिएको ब्यानर बोकेका थिए।
प्रदर्शनमा एमाले नेताहरू महेश बस्नेत, ठाकुर गैरे, विशाल भट्टराई, सुजाता शाक्यलगायत सहभागी छन्।
आइतबार साँझ नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परेका थिए। यसको भोलिपल्टै एमालेले भ्रष्टाचारविरुद्ध जुलुस निकालेको हो।
अनेरास्ववियु तथा युवा संघ स्थापना दिवसको अवसर पारेर एमाले निकट विद्यार्थी र युवा संगठनले आज प्रदर्शन गरेको हो। प्रदर्शन रत्न राज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गबाट सुरु भएको हो।
जेठ १, २०८० सोमबार १३:३२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।