मेस्सीले छाडेपछि बार्सिलोनालाई पहिलो पटक ​​​​​​​लिग उपाधि, चार खेल अगाडि नै च्याम्पियन

मेस्सीले छाडेपछि बार्सिलोनालाई पहिलो पटक ​​​​​​​लिग उपाधि, चार खेल अगाडि नै च्याम्पियन

एजेन्सी : बार्सिलोना चार खेल अगाडि नै स्पेनिस लिग च्याम्पियन बनेको छ। इस्पान्योललाई ४-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले लिग उपाधि पक्का गरेको हो।

पूर्व स्टार खेलाडी जाभी क्लबको प्रशिक्षक बनेपछि बार्सिलोनाको यो पहिलो लिग उपाधि हो। साथै अर्का स्टार लियोनेल मेस्सीले क्लब छोडेपछि बार्सिलोनाले लिग जितेको यो पहिलो पटक हो।

सन् २०१८/१९ सिजन पछि बार्सिलोनाले जितेको यो पहिलो लिग उपाधि पनि हो।

इस्पान्योलको घरेलु मैदानमा बार्सिलोनाको लागि लेवान्डोस्कीले दुई तथा बाल्डे र कुन्डेले एक/ एक गोल गरे। खेलमा बार्साले पहिलो हाफमा नै ३-० को अग्रता बनाएको थियो।

यसपछि दोस्रो हाफको सुरुवातमै अर्को एक गोल थप्दै बार्सिलोना खेलमा ४-० को स्थितिमा पुगेको थियो। यसपछि भने घरेलु टोलीले दुई गोल फर्काएको थियो।

यो जितसँगै बार्सिलोनाको ३४ खेलबाट ८५ अंक भएको छ। लिगमा अब मात्र ४ खेल खेल्न बाँकी रहँदा बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग १४ अंकको अग्रता बनाउँदै उपाधि पक्का गरेको हो।

जेठ १, २०८० सोमबार ०७:२९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।