पहिलोचोटि महिनावारी भएकी बहिनीले शारीरिक सम्पर्क राखेको आशंकामा दाजुले गरे हत्या
भारतमा १२ वर्षीय किशोरीलाई पहिलो पटक महिनावरी भएकै कारण आफ्नै दाजुले हत्या गरेका छन्।
शुक्रबार उक्त घटना भएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।
महाराष्ट्रको उल्हासनगरमा १२ वर्षकी किशोरीलाई उनका दाजुले हत्या गरेका हुन्। आमाको मृत्युपछि दाजुसँग बस्न सहर आएकी उनी पहिलो पटक महिनावारी थाहै पाइनन्। उनको लुगामा अचानक रगत देखा पर्न थाल्यो।
तर उनको अवस्थाबारे बुझाउनुको सट्टा उनका ३० वर्षीय दाजुले १२ वर्षीया ती बहिनीलाई निर्ममतापूर्वक कुटपिट गर्न थाले। ३ दिनसम्म बन्धक बनाएर दाजुले कुटेपछि ती किशोरीको मृत्यु भएको घटना पोष्टमार्टमको रिपोर्टपछि बाहिर आएको हो।
ती युवक सेक्युरिटी गार्डका रूपमा काम गर्दथे। अचेत अवस्थामा उल्लासनगर अस्पता लगिएपछि चिकित्सकले ती किशोरीलाई मृत घोषित गरेका थिए।
आफ्नो सम्पत्तिमा अरू कसैले घुसपैठ गरेको आशंकामा दाजुले हत्या गरेको अनुमान गरिएको छ।
किशोरीको अनुहार, घाँटी र ढाडमा कुटपिटको निशान भेटिएको अस्पतालका चिकित्सकले परिवारका सदस्यलाई बताएका छन्।
पोस्टमार्टम रिपोर्टपछि प्रहरीले भारतीय संविधानको धारा ३०२ अन्तर्गत दाजुविरुद्ध मुद्दा दर्ता गरेको छ भने उनकी श्रीमती (किशोरीकी भाउजू) सँग पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
वैशाख ३१, २०८० आइतबार २१:०८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।