डु प्लेसिस र म्याक्सवेलको अर्धशतक, राजस्थानलाई बेंग्लोरको मध्यम लक्ष्य

डु प्लेसिस र म्याक्सवेलको अर्धशतक, राजस्थानलाई बेंग्लोरको मध्यम लक्ष्य

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को ६० औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई जितका लागि १७२ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनायो।

मिडल अर्डरमा कप्तान फाफ डु प्लेसिसले ५५ र ग्लेन म्याक्सवेलले ५४ रन बनाए भने अनुज रावतले १० बलमा २५ रनको महत्वपूर्ण योगदान दिए। 

राजस्थानका आदम जाम्पा र केएम आसिफले २-२ विकेट लिए ।

अस्ट्रेलियाका ब्याट्सम्यान ग्लेन म्याक्सवेल ५४ रन बनाएर आउट भए। उनले सिजनको पाँचौं अर्धशतक प्रहार गरे। उनको इनिङ्समा ५ चौका र ३ छक्का समावेश भयो। 

म्याक्सवेलले १६३.६४ को स्ट्राइक रेटमा रन बनाए। म्याक्सवेलको नाममा आईपीएलमा १८ अर्धशतक रह्यो।

बेंग्लोरका कप्तान फाफ डु प्लेसिस १२५.०० को स्ट्राइक रेटमा ४४ बलमा ५५ रन बनाएर आउट भए।

उनले ३ चौका र २ छक्का प्रहार गरे। फाफले सिजनको सातौं अर्धशतक बनाए। यो उनको लिग करियरको समग्रमा ३२औं अर्धशतक हो।

आजको खेलमा विराट कोहली भने मात्र १९ बलमा १८ रन बनाएर क्याच आउट भए। केएम आशिफको बलमा उनी यशस्वी जयसवालबाट क्याच आउट भए। 
 

३१ बैशाख, २०८०, १७:३२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।