जयपुर मैदानमा १० वर्षयता राजस्थानलाई हराउन नसकेको बेंग्लोरले टस जित्यो
इन्डियन प्रिमियर लिग (आईपीएल) को ६० औं खेल सुरु भएको छ।
राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच सवाई मानसिंह स्टेडियममा अहिले खेल हुँदै छ। बेंग्लोरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। बैंग्लोरले टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ।
राजस्थान र बैंगलोरबीच जयपुरमा अहिलेसम्म ७ खेल भइसकेका छन्। जसमध्ये चार खेल राजस्थानले र तीन खेल बैंगलोरले जितेको छ भने राजस्थानविरुद्ध बेंग्लोरले यस मैदानमा १० वर्षदेखि जित्न सकेको छैन, यहाँ उसको अन्तिम जित सन् २०१३ मा भएको थियो।
राजस्थानले यो सिजन अहिलेसम्म १२ खेल खेलेको छ, जसमा टोलीले ६ जितेको छ र त्यति नै खेलमा हार बेहोरेको छ। टोलीको हाल १२ अंक छ।
बेंग्लोरविरुद्ध टोलीमा जोस बटलर, जो रुट, शिमरोन हेटमायर र ट्रेन्ट बोल्ट छन्। यसबाहेक यशस्वी जैसवाल, युजवेन्द्र चहल र सञ्जु सामसनजस्ता खेलाडी उत्कृष्ट लयमा छन्।
बेंग्लोरले यो सिजन अहिलेसम्म खेलेका ११ खेलमध्ये ५ जित र ६ हारेको छ। टोलीको १० अंक छ। राजस्थानविरुद्ध टोलीका फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, भानिन्दु हसरंगा र जोस हेजलवुड छन्। यीबाहेक विराट कोहली, मोहम्मद सिराज र हर्षल पटेलजस्ता खेलाडी पनि छन्।
वैशाख ३१, २०८० आइतबार १५:३५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।