मेस्सी फर्किएपछिको खेलमा पीएसजी ५-० ले विजयी, दुवै टिमका खेलाडीले पाए रातो कार्ड
एजेन्सी : निलम्बनपछि अर्जेन्टिनाका स्टार मेस्सी फर्किएपछिको खेलमा पीएसजीले फ्रेन्च लिगमा सानदार जित निकालेको छ।
घरेलु मैदानमा एजासियोलाई ५-० को गोल अन्तरले पराजित गर्दै पीएसजीले यो सिजन लिग उपाधि जित्ने सम्भावना पनि निकै बलियो बनाएको छ।
पीएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा रुइज र हाकिमीले एक/एक गोल गरेका थिए। पीएसजीले एक गोल भने आत्मघाती उपहार पाएको थियो।
खेलमा दुवै टिम दोस्रो हाफमा १० खेलाडीमा समेटिएका थिए।
७७ औं मिनेटमा पीएसजीका हाकिमी सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। यसको तीन मिनेट पछि नै एजारियोका मानगानी पनि सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १० खेलाडीमा समेटिएका थिए।
यो जितसँगै लिग लिडर पीएसजीले दोस्रो स्थानमा रहेको लेन्ससँग ६ अंकको अग्रता बनाएको छ। पीएसजीको ३५ खेलबाट ८१ अंक छ भने लेन्सको ७५ अंक छ।
वैशाख ३१, २०८० आइतबार ०८:४४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।