दिनेश डिसीको स्पन्सर जोगाउने काइदा, कलाकारलाई ट्रफी फाइदा

दिनेश डिसीको स्पन्सर जोगाउने काइदा, कलाकारलाई ट्रफी फाइदा

काठमाडौँ :एकाएक कलाकारहरूको सामाजिक सञ्जालमा फुत्तफुत्त ट्रफी बोकेका तस्बिर सार्वजनिक हुन थाले।
कलाकार मात्रै हैन केही निर्देशक पनि मक्ख पर्दै अगाडि ट्रफी राखेको तस्बिर राख्दै धन्यवाद दिइराखेका थिए।

अभिनेत्री केकी अधिकारीले खुसीहुँदै फेसबुकमा फोटो राख्दै लेखिन्' चलचित्र झिंगेदाउ बाट २०७९ वर्षका लागि सर्वोत्कृष्ट नायिकाको सम्मान ग्रहण गर्दै गर्दाको क्षण मेरा लागि विशेष बन्न पुगेको छ।'

उनले लेखे अनुसार यो अवार्डको नाम रहेछ ‘सिने सर्कल अवार्ड।’ कार्यक्रम आयोजक चैँ दिनेश डिसी।

उनले यो कार्यक्रम गर्न नसकेको चार वर्ष भएको रहेछ। ८० सालमा आएर चारै वर्षको औपचारिकता पूरा गरिदिएछन् उपराष्ट्रपतिलाई प्रमुख अतिथि बनाएर।

केकी मात्रै हैन खुसी हुने कलाकार अन्य नि थिए। उनीहरूको पोस्ट हेर्दा कला यात्राले बल्ल सार्थकता पाए जस्तै भाव देखिन्थ्यो शब्दमा।

तर अवार्डको औपचारिकता दिने र लिने बाहेक न फिल्म क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने देखियो न त कलाकारको कला यात्रामा।

आयोजकले कार्यक्रम गर्ने औपचारिकता पूरा गर्दै अर्को वर्षलाई स्पन्सर पाउने बाटो खुलाए। कलाकारले भोलीपर्सी नातिनातिनालाई देख्यौ मेरो काम भनेर देखाउन ट्रफी पाए। सफलता भनेको उहीँ लिनदिने दुवै खुस।

वैशाख ३०, २०८० शनिबार २३:०८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।