अब कसैले पनि स्वास्थ्य उपचार नपाएर मर्नुपर्दैन : स्वास्थ्यमन्त्री बस्नेत

अब कसैले पनि स्वास्थ्य उपचार नपाएर मर्नुपर्दैन : स्वास्थ्यमन्त्री बस्नेत

सिन्धुपाल्चोक : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्य उपचार नपाई मृत्युवरण गर्न नपर्ने बताएका छन्।

हेलम्बु–३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको र अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताए।

साथै गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने र जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि उहाँले जानकारी दिए।

मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने तथा पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाए। साथै पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित नभएको बताउँदै यसको लागि पहल गर्ने बताए।

वैशाख ३०, २०८० शनिबार १९:३४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।