कर्नाटकमा बिजेपीले लज्जास्पद हार ब्यहोरेपछि मोदीले दिए कांग्रेसलाई बधाई

कर्नाटकमा बिजेपीले लज्जास्पद हार ब्यहोरेपछि मोदीले दिए कांग्रेसलाई बधाई
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेको फाइल फोटो

एजेन्सी : भारतको कर्नाटकमा भएको विधान सभा निर्वाचनमा लज्जास्पद हार ब्योहोरेपछि भारतीय जनता पार्टीका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेसलाई बधाई दिएका छन्।

उनले ट्विट गर्दै जितको शुभकामनासँगै मतदाताको भावना अनुसार काम गर्ने आशा समेत व्यक्त गरेका हुन्।

२२४ सिटमा भएको निर्वाचनमा बिजेपी जम्मा ६४ सिटमा मात्र अगाडि देखिएको छ। कांग्रेस एक्लैले सरकार बनाउन आवश्यक अंक पार गर्दै १३६ मा अगाडि छ।

जित निश्चित भएसँगै कांग्रेस मुख्यमन्त्री चयनमा केन्द्रित भएको छ।

बहुमत सहित सरकार बनाउने निश्चित भएपछि कांग्रेसका नेता राहुल गान्धीले घृणाको राजनीति विरुद्ध प्रेमको जित भएको प्रतिक्रिया दिएका थिए।

कर्नाटकमा यसअघि भारतीय जनता पार्टीले सरकार बनाएको थियो।

वैशाख ३०, २०८० शनिबार १९:०१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।