मोचा चक्रवात : बंगलादेशका पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारियो, तटीय क्षेत्रका विमानस्थल बन्द

मोचा चक्रवात : बंगलादेशका पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारियो, तटीय क्षेत्रका विमानस्थल बन्द

एजेन्सी : खतरनाक चक्रवात ‘मोचा’बाट बचाउन दक्षिण-पूर्वी बंगलादेशका करिब पाँच लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

आँधीले निकै खतरनाक रूप लिनसक्ने आँकलन भइरहेकाे बेला करिब पाँच लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ।

मोचा चक्रवात आइतबार बंगलादेशको समुन्द्री तटमा आइपुग्ने र प्रतिघण्टा १७० किलोमिटरको गतिमा हावा चल्ने समाचारमा उल्लेख छ।

मोचा बंगलादेशतर्फ सर्दै गएपछि त्यहाँको तटीय क्षेत्रका विमानस्थल बन्द गरिएको छ।

माछा मार्नेहरूलाई समुन्द्रमा नजान आग्रह गरिएको छ भने प्रभावितलाई आश्रय दिनका लागि १ हजार ५ सय आश्रयस्थल बनाइएको छ।

संयुक्त राष्ट्र संघले यी क्षेत्रहरूमा सुरक्षाका लागि आफूले सक्दो गरिरहेको बताएको छ।

चक्रवातले बंगलादेशमा अवस्थित विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरलाई असर गर्नसक्ने देखिएको छ। बंगलादेश सरकारले शरणार्थीहरूलाई शिविर छोड्न अनुमति छैन।

वैशाख ३०, २०८० शनिबार १८:४९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।