कर्नाटक विधानसभा निर्वाचनः कंग्रेसका शिवकुमार भन्छन्,'हामीलाई कसैको साथ चाहिँदैन'
भारतको कर्नाटकमा भएको विधानसभा निर्वाचनबाट कांग्रेसको सरकार बन्ने निश्चित देखिएको छ।
अहिलेसम्मको मतगणनामा पार्टीले १३० भन्दा बढी सिट जितेको देखिएको छ। जुन कर्नाटक कंग्रेस कमिटीका प्रदेश अध्यक्ष डीके शिवकुमारले यसअघि नै भविष्यवाणी गरेका थिए।
मतदानअघि गर्नुअघि भारतीय पत्रिका भास्करसँगको कुराकानीमा शिवकुमारले भनेका थिए, ‘कर्नाटकमा हिजाब-हलाल र बजरंगबली जस्ता मुद्दा चल्दैनन्। हामी कन्नडमा गर्व गर्छौं, सरकार चलाउन जान्दछौं, बाहिरीहरू चाहिँदैन। कर्नाटक भाजपाका लागि बन्द अध्याय हो। उनको सरकार र प्रधानमन्त्री मोदी असफल भएका छन्।
भास्करसँगको कुराकानीमा शिवकुमारले कांग्रेसले १४० सिट जितेको दाबी गरेका थिए। त्यही हाराहारी भने देखिएको छ। तर बहुमतका लागि पर्याप्त छ। शिवकुमारले भने, 'हामीलाई जनता दल सेकुलर (जेडी एस) सँग गठबन्धनको आवश्यकता छैन। निर्वाचनमा जनता दल तेस्रो हुने देखिएको छ।
कर्नाटकमा यसअघि भएको निर्वाचनमा भाजपा पहिलो दल बनेको थियो।
वैशाख ३०, २०८० शनिबार १६:२३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।