कर्नाटकमा कांग्रेस सरकार, बिजेपी निकै पछाडि

कर्नाटकमा कांग्रेस सरकार, बिजेपी निकै पछाडि

एजेन्सी : भारतको कर्नाटकमा भएको विधानसभा निर्वाचनमा कांग्रेसको सरकार बन्ने भएको छ।

२२४ सिटमा भएको निर्वाचनमा कांग्रेस एक सय ३८ सिटमा अगाडि छ। बिजेपी जम्मा ६३ सिटमा अगाडि छ।

आँकडासँगै बिजेपीले हार स्वीकार गरेको छ। अब कर्नाटकमा कांग्रेस नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले मतदाताले भ्रष्ट सरकारविरुद्ध जनमत दिएको प्रतिक्रिया दिए।

पछिल्लो समय भएका निर्वाचनमा विजेपीको यो सबैभन्दा ठूलो हार हो।

वैशाख ३०, २०८० शनिबार १५:०८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।