भ्रष्टाचार विरुद्धको जनआक्रोश, प्रहरीलाई धन्यवाद दिँदै काठमाडौं र पोखरामा प्रदर्शन

भ्रष्टाचार विरुद्धको जनआक्रोश, प्रहरीलाई धन्यवाद दिँदै काठमाडौं र पोखरामा प्रदर्शन
नारायण चौरमा प्रहरीलाई धन्यवाद दिँदै राखिएको ब्यानर। तस्वीर : नयनराज पाण्डे

काठमाडौं : भ्रष्टाचारको विरोधमा काठमाडौंको माइतीघर र नारायणचौरसँगै पोखराको पृथ्वीचोकमा जनप्रदर्शन भएको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देश पठाउने भन्दै रकम असुलीमा संलग्न गिरोहमा राज्य संयन्त्रमा प्रभावशाली व्यक्ति नै संलग्न रहेको खुलेपछि स्वस्फूर्त रूपमा नागरिक प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनमा विभिन्न दलका नेताहरूले ऐक्यबद्धता जनाए पनि राजनीतिक सहभागिता भने छैन।

सामाजिक अभियन्ता, लेखक, कलाकार लगायतको सहभागिता रहेको प्रदर्शनमा नेपाल प्रहरीलाई धन्यवाद दिँदै अपराध विरुद्धको अनुसन्धानमा डटेर लाग्न नागरिकको साथ रहेको सन्देश समेत दिइएको थियो।

नागरिक तहबाट भएको विरोध प्रदर्शनमा भ्रष्टाचारी विरुद्धको कारबाही र सुशासनको पक्षमा प्लेकार्डहरू प्रदर्शन गरिएको थियो।

वैशाख ३०, २०८० शनिबार १४:२१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।