शनिबार १५ मंसिर, २०८१
निलम्बनपछि पहिलो पटक पीएसजीबाट खेल्दै मेस्सी
एजेन्सी : अर्जेन्टिनाका कप्तान मेस्सी क्लबले लगाएको प्रतिबन्धपछि आज पहिलो पटक पीएसजीबाट खेल्दै छन्।
आज राति हुने आजासियोसँगको लिगको खेलमा मेस्सी खेल्ने क्लबका म्यानेजर गाल्टिएरले बताएका छन्।
साउदी अरेबियाको अनधिकृत भ्रमण गरेको आरोपमा पीएसजी उनलाई दुई साता निलम्बन गरेको थियो। उनलाई पीएसजीको क्याम्बाट बाहिर बस्न भनिएको थियो।
तर सात पटकको बालोन डीओर विजेता मेस्सीले सार्वजनिक माफी मागेपछि उनको कारबाही फुकुवा भएको थियो र उनी प्रशिक्षणमा फर्किएका थिए।
वैशाख ३०, २०८० शनिबार १२:४८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।