दुवै संसदबाट पारित नागरिकता विधेयक अड्काउनु खेदजनकः उपेन्द्र यादव
जनकपुरः जसपा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राष्ट्रपतिले तत्काल नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएका छन्।
शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले दुई पटक दुवै संसदबाट पारित भएको विधेयक स्वतः कार्यान्वयन हुनुपर्ने बताए।
विभिन्न कारण देखाएर हालसम्म यसलाई अड्काएर राख्नु खेदजनक रहेको उनले तर्क गरे।
भुटानी शरणार्थी प्रकरणले विश्वस्तरमा नेपालको छवि धुमिल भएको पनि उनको भनाइ थियो।
उक्त प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्नेमा पनि उनले जोड दिए। देशका सोझा जनतालाई शरणार्थी बनाएर त्यसमा पनि भ्रष्टाचार गरिनु कठोर अपराध रहेकाले दोषीलाई कडाभन्दा कडा सजाए दिनुपर्ने उनको भनाइ थियो।
वैशाख २९, २०८० शुक्रबार १७:३३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।