इमरानले पाए २ हप्ताको जमानत, मे ९ पछि दर्ता भएका कुनै पनि मुद्दामा पक्राउ नगर्न आदेश

इमरानले पाए २ हप्ताको जमानत, मे ९ पछि दर्ता भएका कुनै पनि मुद्दामा पक्राउ नगर्न आदेश

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अल कादिर ट्रस्ट मुद्दामा दुई हप्ताका लागि जमानत दिइएको छ।

शुक्रबार इस्लामाबाद उच्च अदालतले उनलाई केही शर्तसहित जमानत दिएको हो। पञ्जाब पुलिस र रेंजर्सको एक टोली उच्च अदालत बाहिर उपस्थित थियो। खानका वकिलले भने, 'यदि उनी बाहिरिए भने खानलाई अन्य मुद्दामा पनि पक्राउ गर्न सकिन्छ ।

इमरानले भने, ‘अहिले गिरफ्तारी भयो भने हंगामा मच्चिन्छ, मलाई जिम्मेवार नठहर्याउनुस्।

त्यसपछि इस्लामावाद उच्च अदालतले अर्को आदेश जारी गर्यो। इमरानलाई मे ९ पछि दर्ता भएको कुनै पनि मुद्दामा १७ मेसम्म पक्राउ गरिने छैन।

उनलाई सुरक्षात्मक जमानत दिइएको छ । यसबारे गृहमन्त्री राणा सनाउल्लाहले जियो न्युजसँग भने, 'विश्वमा यस्तो सुविधा कसैले पाउन सक्दैनन।'

सर्वोच्च अदालतले बिहीबार अल कादिर ट्रस्ट घोटालामा इमरानलाई गैरकानुनी ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएको थियो।

उनलाई शुक्रबार इस्लामावाद उच्च अदालतबाट जमानत लिन भनिएको थियो।

वैशाख २९, २०८० शुक्रबार १७:२३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।