भ्रष्टाचारविरुद्ध अभियानमा प्रचण्डलाई रवि लामिछानेको समर्थन

भ्रष्टाचारविरुद्ध अभियानमा प्रचण्डलाई रवि लामिछानेको समर्थन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। 

भेटमा सभापति लामिछानेले भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारले अगाडि बढाएको अभियानमा आफ्नो पूर्ण साथ र समर्थन रहेको बताएका थिए। 

यस्तै, उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको कामलाई तार्किक निष्कर्षमा पुर्याउन आफ्नोतर्फबाट साथ रहने बताएका थिए। 

वैशाख २९, २०८० शुक्रबार १४:४९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।