राष्ट्र बैंकले घटायो बैंकदर
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत बैंकदर १ प्रतिशत विन्दुले घटाएको छ।
यसअघि साढे ८ प्रतिशत रहेको बैंकदर अब साढे ७ प्रतिशत कायम गरिएको छ।
सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने ऋणमा लिने ब्याजदरलाई नै बैंकदर भनिन्छ।
हालको नीतिगत दर ७ प्रतिशतलाई यथावत राखिएको छ। राष्ट्र बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षामार्फत नीतिगत दर ७ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेको छ।
यो सुविधालाई राष्ट्र बैंकले तेस्रो समीक्षामार्फत पनि निरन्तरता दिएको छ।
फलस्वरुप अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत विन्दुले कमी आएको राष्ट्र बैंकले जनाएको छ।
वैशाख २९, २०८० शुक्रबार १२:५७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।