१७ वर्षीया किशोरी बलात्कार अभियोगमा भोजपुरमा एक जना पक्राउ

१७ वर्षीया किशोरी बलात्कार अभियोगमा भोजपुरमा एक जना पक्राउ

भोजपुर : जिल्लामा १७ वर्षीया किशोरी बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा आमचोक गाउँपालिका–४ सिपाक बस्ने २४ वर्षीय शुक्र विक रहेका छन्। उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय घोडेटार भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

वैशाख २९, २०८० शुक्रबार १२:२०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।