हलमा ‘हल्कारा’
काठमाडौं : शुक्रबारबाट नेपाली फिल्म ‘हल्कारा’ प्रदर्शनमा आएको छ। फिल्मले सिंगल प्रदर्शनको अवसर पाएको हो।
यद्यपि देशभरका सबै फिल्म हल ‘हल्कारा’ ले भने पाएको छैन। केही साता अगाडि प्रदर्शनमा आएको ‘जारी’ र केही विदेशी फिल्मले पनि धेरै हल कब्जा गरेको छ।
मोबाइल र इन्टरनेटको युगभन्दा अगाडि नेपालमा सन्देश आदान–प्रदानका लागि चिट्ठी पठाउने चलन थियो। ‘हल्कारा’ चिट्ठी पुर्याउने एक व्यक्तिको कथामा बनेको फिल्म हो।
लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापा मगरको मुख्य भूमिका छ। त्यस्तै, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, स्वर्गीय दीपक क्षेत्री लगायतको फिल्ममा अभिनय छ।
फिल्मबाट अमेरिकामा आयोजित वल्र्डफेस्ट ह्युस्टन इन्टरनेशनल फेस्टिभलमा महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड दिलाउनुको साथै उत्कृष्ट फिल्मको अवार्ड पनि जितेको थियो।
वैशाख २९, २०८० शुक्रबार ११:१९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।