प्रधानन्यायाधीशसमक्ष इमरान खानले भने- पक्राउ गर्दा ममाथि लाठी बर्साइयो, हिंसाको जिम्मेवार म होइन

प्रधानन्यायाधीशसमक्ष इमरान खानले भने- पक्राउ गर्दा ममाथि लाठी बर्साइयो, हिंसाको जिम्मेवार म होइन

एजेन्सी : पाकिस्तान पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई पक्राउ गर्दा लाठी बर्साइएको बताएका छन्।

बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा सुनुवाइका क्रममा खानले इस्लामवाद उच्च अदालतमा आफूलाई पक्राउ गर्दा लाठी बर्साइएको बताएका हुन्।

इमरान खानले आफू पक्राउपछि भएको प्रदर्शनको लागि निन्दा गरुन् भन्ने प्रधानन्यायाधीशले चाहेका थिए।

तर, त्यसको जवाफमा खानले आफ्नो गिरफ्तारीपछि भएका हिंसात्मक घटनाका लागि आफू जिम्मेवार नभएको बताएका थिए।

इमरान खानले अदालतमा आफ्नो पार्टी हिंसा नभई चुनाव चाहेको बताएका थिए।

भ्रष्टाचारको मुद्दामा इमरान खानलाई मंगलबार अदालत परिसरबाट पक्राउ गरिएको थियो। उनका वकिलहरूले सर्वोच्च अदालतमा इमरान खानको गिरफ्तारी अवैध भएको भन्दै मुद्दा दायर गरेका थिए।

इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विरोध प्रदर्शन र हिंसात्मक झडपको शृंखला सुरु भएको थियो।

हिंसात्मक झडपममा बिहीबारसम्म १० जनाको मृत्यु भएको छ भने १९ सय जना पक्राउ परेका छन्।

सरकारले पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई) सात नेताविरुद्ध हत्या, डकैती, सरकारी सम्पत्तिमा क्षति पुर्याएको आरोपमा मुद्दा दर्ता गरिएको छ। उनीहरूमाथि १५ करोडभन्दा बढिको सम्पत्तिमा क्षति पुर्याएको आरोप लगाइएको छ।

वैशाख २८, २०८० बिहीबार १९:५९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।