इमरान खानलाई रिहा गर्न सर्वोच्चको आदेश

इमरान खानलाई रिहा गर्न सर्वोच्चको आदेश

एजेन्सी : पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानूनी भएको भन्दै रिहा गर्न आदेश दिएको छ।

सर्वोच्च अदालतले इमरान खानलाई इस्लामावाद उच्च अदालतमा जान र उसले गरेको फैसला स्वीकार्नसमेत आदेश दिएको छ।

भ्रष्टाचारको मुद्दामा इमरान खानलाई मंगलबार अदालत परिसरबाट पक्राउ गरिएको थियो। उनका वकिलहरूले सर्वोच्च अदालतमा इमरान खानको गिरफ्तारी अवैध भएको भन्दै मुद्दा दायर गरेका थिए।

इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विरोध प्रदर्शन र हिंसात्मक झडपको शृंखला सुरु भएको थियो।

हिंसात्मक झडपममा बिहीबारसम्म १० जनाको मृत्यु भएको छ भने १९ सय जना पक्राउ परेका छन्।

सरकारले पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई) सात नेताविरुद्ध हत्या, डकैती, सरकारी सम्पत्तिमा क्षति पुर्याएको आरोपमा मुद्दा दर्ता गरिएको छ। उनीहरूमाथि १५ करोडभन्दा बढिको सम्पत्तिमा क्षति पुर्याएको आरोप लगाइएको छ।

वैशाख २८, २०८० बिहीबार १९:१७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।