इमरान पक्राउ परेको दोस्रो दिन पनि पाकिस्तानमा तनाव, दुई राज्यमा सेना परिचालन

इमरान पक्राउ परेको दोस्रो दिन पनि पाकिस्तानमा तनाव, दुई राज्यमा सेना परिचालन

एजेन्सी : पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि उत्पन्न भएको अवस्थालाई ध्यानमा राख्दै खैबर पख्तुनख्वा प्रान्तको सरकारले सेना परिचालन गरेको छ।

खैबर पख्तुनख्वा भन्दा अघि नै पञ्जाब प्रान्तको राज्य सरकारले सेना परिचालन गर्ने निर्णय गरिसक्यो।

इमरान खानको गिरफ्तारीको विरोधमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)कार्यकर्ताहरूले बुधबार दोस्रो दिन पनि प्रदर्शन जारी राखेका छन्।

बुधबार विहान इस्लामावादमा प्रहरी र पीटीआई कार्यकर्ताबीच भयो। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले बल प्रयोग गरेको थियो।

इस्लामावाद प्रहरीले जारी गरेको विज्ञप्तिमा पीटीआईका कार्यकर्ताहरूले सरकारी सम्पत्तिमा क्षति पुर्याएको दाबी गरिएको छ।

आन्दोलनकारीबाट पेट्रोल बम प्रहार र ढुंगामुढा भइरहेको प्रहरीले जनाएको छ। श्रीनगर राजमार्गमा प्रदर्शनकारीले गरेको ढुंगा प्रहारमा चार प्रहरी घाइते भएका छन् भने १८ जनालाई पक्राउ गरिएको बीबीसीले जनाएको छ।

पेशावरमा पीटीआईका कार्यकर्ताहरू विधानसभा स्क्वायरमा समूहहरूमा भेला भएका छन् र इमरान खानको रिहाइको लागि नारा लगाएका छन्। यहाँ पनि प्रहरीले ती मजदुरलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो।

असेंबली स्क्वायर पेशावरको प्रान्तीय सभा, सचिवालय, कोर्प्स कमाण्डर हाउस र अन्य महत्त्वपूर्ण भवनहरू भएको क्षेत्र हो। पेशावर प्रहरीका अनुसार हिंसात्मक प्रदर्शनका क्रममा विभिन्न स्थानबाट हालसम्म ३० जनालाई पक्राउ गरिएको छ।

स्वात पुलिसका प्रवक्ताका अनुसार मलाकन्द डिभिजनमा छापा मार्दा विधानसभाका पूर्व सदस्यहरू सहित ३३ जनालाई पक्राउ गरिएको छ। लाहोरमा पीटीआई कार्यकर्ताहरूले सडक अवरुद्ध गरेका छन्।

पञ्जाबमा पनि प्रहरीले सार्वजनिक सम्पत्तिमाथि तोडफोडठ गर्ने र कानून तोड्नेलाई पक्राउ गरिएको जनाएको छ।

वैशाख २७, २०८० बुधबार १७:४३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।