बालकृष्ण खाँणलाई तीन दिन थुनामा राख्न अनुमति

बालकृष्ण खाँणलाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं : पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धानका लागि तीन* दिन थुनामा राखिने भएको छ।

जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाँणलाई तीन दिन थुनामा राख्न अनुमति दिएको हो।

चाबहिलको मैजुबहालस्थित भाडाको घरमा बस्दै आएका खाँणलाई बुधबार बिहान जिल्ला प्रहरी परिसरबाट खटिएका प्रहरीले पक्राउ गरेका थिए।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन्। उनीसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ।

प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए।

*तीन दिन म्याद थप हुनुपर्नेमा चार दिन भएकाले माफीसहित सच्याइएको छ।

२७ बैशाख, २०८०, १६:३५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।