बाटो खन्न गएका १२ मजदुर आगलागीमा परे
सुर्खेतः दैलेखमा मजदुरी गर्न गएका १२ जना आगलागीमा परेका छन् ।
जिल्लाको आठबिस नगरपालिका-६ मा पर्ने माल्याको जंगलमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाटो खन्न गएका उनीहरू वनमा लागेको आगोमा परी घाइते भएका हुन् ।
काम गरिरहेको अवस्थामा एक्कासि वनमा लागेको आगो फैलिएर भाग्ने ठाउँ नभएपछि उनीहरूको शरीरमा आगो लागेको आठबिस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले बताए ।
घटनास्थलतर्फ प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयसहित टोली गएको प्रमुख बडुवालको भनाइ छ ।
‘काम गर्न गएका १२ जना आगलागीमा परेको बुझिएको छ । तीमध्ये ३ जनाको अवस्था गम्भीर छ भन्ने सुनेका छौं । हामीले घाइतेहरूको उद्धारका लागि टोली परिचालन गरिसकेका छौं,' प्रमुख बडुवालले भने ।
घटनाको विस्तृत विवरण आइसकेको छैन।
वैशाख २७, २०८० बुधबार १६:०४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।