पूर्व गृहमन्त्री खाँणलाई अदालत लगियो

पूर्व गृहमन्त्री खाँणलाई अदालत लगियो

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा लगेको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँण बुधबार विहान उनलाई मैजुबहालस्थित भाडाको घरबाट पक्राउ गरेको थियो।

उनलाई हिरासतमा राखी अनुसन्धान गर्न माग गर्दै प्रहरीले अदालतमा पेश गर्न लागेको हो। दिउँसो ३ बजे उनलाई प्रहरीको भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौंतर्फ लगिएको हो।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन्। प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन्।

२७ बैशाख, २०८०, १५:१०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।