गृहमन्त्रीसँग माधव नेपालको आग्रह- खुट्टा नकमाउनुस्, भ्रष्टाचारीलाई नछाड्नुस्
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललले भ्रष्टाचारीहरूलाई कुनै पनि हालतमा नछाड्न सरकारसँग आग्रह गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रममा नेपालले भ्रष्टाचारीहरूलाई कुर्न पनि हालततमा नछाड्न गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग आग्रह गरेका हुन्।
उनले भने, ‘भ्रष्टाचारका फाइल खुल्न थालेपछि थाहा भयो नेताहरू कति भ्रष्ट रहेछन्। राजनीति कति तलसम्म गिरिसकेको रहेछ। मानव तस्करी गर्ने काममा नेताहरूले नै अगुवाइ गरेका रहेछन्, उनीहरूलाई कुनै पनि हालतमा छाड्नु हुँदैन।’
प्रतिनिधिसभा सदस्यसमेत रहेका नेपालले गृहमन्त्री श्रेष्ठलाई खुट्टा नकमाउन आग्रहसमेत गरे।
‘तपाईंले खुट्टा नकमाउनुस्, अगाडि बढ्नुस्। जोसुकै व्यक्तिहरू होऊन्, जुनसुकै केशमा। यो केशमात्रै होइन,’ उनले अगाडि थपे, ‘भ्रष्टाचारमा जोडिएका छन् भने उनीहरूलाई बाँकी नराख्नुस्। यो काम गरियो भने असल व्यक्तिहरूको शिर ठाडो हुन्छ।’
वैशाख २७, २०८० बुधबार १४:५८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।