यौन दुर्व्यवहार मुद्दामा दोषी देखाएपछि अदालतको फैसला विरुद्ध लड्ने ट्रम्पको घोषणा

यौन दुर्व्यवहार मुद्दामा दोषी देखाएपछि अदालतको फैसला विरुद्ध लड्ने ट्रम्पको घोषणा

एजेन्सी : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरेको छ।म्यानह्याटनको सिभिल अदालतले उनलाई यस मुद्दा दोषी ठहर गरेको हो।

अदालतको फैसला अनुसार अब ट्रम्पले पीडित महिलालाई क्षतिपूर्ति बापत ५० लाख अमेरिकी डलर तिर्नुपर्ने बीबीसीले जनाएको छ।

जिन क्यारल (एक म्यागेजिनको लेखिका) ले सन् १९९० मा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै मुद्दा हालेकी थिइन्।

राष्ट्रपति निर्वाचनमा उठ्न लागेका ट्रम्पले भने यो आरोप झुटो भएको र अदालतको निर्णयका विरुद्धमा अपिल गर्ने बताएका छन्। उनले यस फैसलाविरुद्ध लड्ने बताएका छन्।

वैशाख २७, २०८० बुधबार ०७:५७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।