च्याम्पियन्स लिगमा रियलको घरेलु मैदानमा सिटीले खेल्यो बराबरी
एजेन्सी : म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडसँग बराबरीको खेल खेलेको छ।
रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउ स्टेडियममा गए राति भएको खेलमा पहिले पछि परे पनि सिटी १-१ को बराबरीको खेल खेल्न सफल भयो।
खेलको ३६ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १-० ले पछि परेको सिटीको लागि ६७ औं मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दा खेल बराबरीमा सकियो।
अब अर्को हप्ता सिटीको घरेलु मैदानमा हुने सेमिफाइनलको दोस्रो लेगबाट फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ।
वैशाख २७, २०८० बुधबार ०७:२६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।