अनुसन्धानमा रायमाझीले सघाउनुपर्ने एमालेको निर्णय

अनुसन्धानमा रायमाझीले सघाउनुपर्ने एमालेको निर्णय

काठमाडौं : एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ।

मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरिएको पार्टीका उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

पक्राउ पूर्जी जारी गरिएका सचिव रायमाझी फरार रहेको अवस्थामा पार्टीले यस्तो निर्णय गरेको हो।

यसैगरी बैठकले वैशाख २८ गतेदेखि सुरू हुने पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने १० वटा एजेण्डाहरू पनि तय गरेको छ।

वैशाख २६, २०८० मंगलबार २१:४५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।