इमरान खान पक्राउको विरोधमा सेनाको हेडक्वार्टर तोडफोड, सुरक्षा चौकीमा आगजनी

इमरान खान पक्राउको विरोधमा सेनाको हेडक्वार्टर तोडफोड, सुरक्षा चौकीमा आगजनी

एजेन्सी : पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानको पक्राउको विरोधमा पार्टीका कार्यकर्ता र समर्थकले रावलपिंडीस्थित सेनाको मुख्यालय तोडफोड गरेका छन्।

उनीहरूले खानलाई तत्काल छाड्नुपर्ने माग गर्दै सैनिक मुख्यालयअगाडि तोडफोड गरेको बीबीसीले जनाएको छ। आक्रोशित प्रदर्शनकारीले गेट नम्बर एक बाहिर तोडफोड गरी जबरजस्ती गेट खोलेर भित्र पसेका छन्।

 

#EXCLUSIVE: #PTI protestors entered GHQ (#PakistanArmy’s headquarter) situated in #Rawalpindi. pic.twitter.com/nFZDZqvlMa

— Asad Ali Toor (@AsadAToor) May 9, 2023

अहिले पनि यहाँ आन्दोलन जारी रहेको घटनास्थलमा उपस्थित छन्। यसै क्रममा त्यहाँ रहेको एक सेनाको सुरक्षा चौकीमा पनि आगजनी गरिएको छ।

खानलाई मंगलबार विहान पाकिस्तानी सेनाको एक फौजले भ्रष्टाचार आरोपमा अदालत परिसरबाट पक्राउ गरेको थियो।

यस्तै पीटीआईका समर्थकहरूले लाहोरको क्यान्टोन्मेन्ट क्षेत्रमा एक सैनिक अधिकारीको घरमा तोडफोड गरेको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ।

पत्रकार मुर्तजा अली शाहले एक ट्वीटलाई उद्धृत गर्दै डनले पीटीआई समर्थकहरूले लाहोर क्यान्टमा सैन्य अधिकारीको घरमा तोडफोड गरेको उल्लेख गरेको हो।

पत्रकार शाहले सार्वजनिक गरेको भिडियोमा आफ्नो अनुहार आंशिक ढाकेका पुरुषहरूको समूह देखिएको छ। उनीहरू लाठी लिएर घरको परिसरमा प्रवेश गर्दै पर्खाल तोडफोड गरेका थिए।

यसअघि नै देशका विभिन्न स्थानमा पीटीआई कार्यकर्ता र प्रहरीबीच दिनभर झडप भइरहेका छन्। उनीहरू इमरान खानको रिहाइको माग गरेका छन्। दिउँसो केही शान्त देखिएको प्रदर्शन साँझ परेसँगै अझै हिंसात्मक र आक्रमक बन्दै गएको छ।

वैशाख २६, २०८० मंगलबार २०:०७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।