लागू हुने भयो एमडीएमएस प्रणाली, विदेशबाट फर्कनेले दुई वटा मोबाइल भन्सार नतिरी ल्याउन पाउने
काठमाडौं : सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी प्रयोग गरिरहेको बाहेक थप एक थान मोबाइल ल्याउन दिने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ।
यस्तै, मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने निर्णय पनि गरेको छ। तर, ठ्याक्कै मिति भने नतोकिएको मन्त्री शर्माले बताइन्।
यसअघि १५ पुसदेखि एमडीएमएस प्रणाली लागू गर्दै प्रयोग भइरहेको वा नयाँ जुनसुकै फोन एक थान मात्र मोबाइल ल्याउन दिएपछि तीव्र विरोध भएको थियो।
त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालका लागि एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन दिएका थिए।
वैशाख २६, २०८० मंगलबार १९:०६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।