रैथाने बन्दै कोरोना महामारी, आपतकाल हट्यो तर जोखिम उस्तै
काठमाडौं : सन् २०१९ डिसेम्बर अन्त्यमा चीनको उहानबाट फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड–१९) विश्वभर फैलिएर महामारीको रूप लियो। भाइरस फैलिएको तीन विर्ष बितिसक्दा पनि संक्रमणको भय अझै छ।
तर, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने शुक्रबार अर्थात् ५ मे मा कोरोना भाइरस संक्रमण (कोभिड–१९) ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’का रूपमा नरहेको घोषणा गर्यो।
कोरोना महामारी सुरु भएर विश्वभरी स्वास्थ्य आपतकाल घोषणा भएको करिब तीन वर्षपछि डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले कोरोना भाइरस संक्रमण स्वास्थ्य आपतकालका रूपमा नरहेको घोषणा गरे। तर, उनले जोखिम भने कायमै रहेकोतर्फ सचेत गराए।
‘ग्लोबल पेन्डामिकको इमर्जेन्सीमा नै हामीले काम गर्यौं, नेपालमा चाहिँ इमर्जेन्सी भनेर घोषणा भएन, त्यो नभएपछि हामीले इमर्जेन्सी सकियो भनेर भन्नुपर्दैन।’
डा. गेब्रेयससले कोरोना भाइरसको संक्रमणको अवस्था फेरिएको खण्डमा आपतकालिन अवस्थालाई पुनः ब्यूँताउन सकिने बताए। यसबाट कोरोना भाइरस संक्रमण स्वास्थ्य आपतकालको अवस्थाकालका रूपमा नभए पनि जोखिम भने कायम नै रहेको पुष्टि हुन्छ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामरीको विश्वव्यापी रूपमा स्वास्थ्य आपतकाल अन्त्यको घोषणा गरे पनि नेपालले भने महामारीको स्वास्थ्य आपतकालको अन्त्यको विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले भने विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल अन्त्यको घोषणा गरिसकेको अवस्थामा नेपालले पनि कोरोना संक्रमणको सवालमा राष्ट्रिय स्वास्थ्य आपतकालको विषयमा प्रष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।्
उनले उकेरासँग भने, ‘नेपालमा आपतकालको के हो स्थिति? अब हाम्रो पोजिशन के हो त? नेपालमा आपतकाल हट्यो की हटेन? हाम्रो सरकारले डिक्लियर गर्नुपर्छ।’
तर, स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी भने नेपालले कारोना संक्रमणको सवालमा स्वास्थ्य आपतकालको घोषणा नै नगरेकाले यसको अन्त्यको पनि घोषणा गर्न नपर्ने तर्क गर्छन्।
‘ग्लोबल पेन्डामिक इमर्जेन्सीको अवस्था छैन भन्ने हो। त्यसको अर्थ संसारबाटै कोरोना सकियो भनिएको चाहिँ हैन।’
उनले भने, ‘ग्लोबल पेन्डामिकको इमर्जेन्सीमा नै हामीले काम गर्यौं, नेपालमा चाहिँ इमर्जेन्सी भनेर घोषणा भएन, त्यो नभएपछि हामीले इमर्जेन्सी सकियो भनेर भन्नुपर्दैन।’
तर, विश्व स्वास्थ्य संगठनको प्रोटोकल नै अपनाएकाले विश्व स्वास्थ्य संगठनले घोषणा गरेको स्वास्थ्य आपतकालको अन्त्यको घोषणालाई नै नेपालले अनुशरण गर्ने उनी बताउँछन्। नेपालमा स्वास्थ्य आपतकाल घोषणा नभए पनि कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि लकडाउन भने भएको थियो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. मरासिनी भने विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल अन्त्यको घोषणा ग¥यो भन्दैमा कोरोनाको जोखिम रहेकाले हेलचेक्र्याइँ नगर्न सुझाउँछन्।
‘उच्च जोखिम छ हामीकहाँ’, उनले भने।
जोखिम कायम नै छ है !
विज्ञको मतअनुसार विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल अन्त्य गर्नुको अर्थ जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्दैन भन्ने होइन। कोरोना भाइरस संक्रमण छँदैछ। भाइरस संक्रमणको जोखिम कायम नै रहेकाले जनस्वास्थ्यका मापदण्ड भने पालना गर्न छाड्न नहुने विज्ञको सुझाव छ।
‘ग्लोबल पेन्डामिक इमर्जेन्सीको अवस्था छैन भन्ने हो,’ डा. अधिकारीले भने, ‘त्यसको अर्थ संसारबाटै कोरोना सकियो भनिएको चाहिँ हैन।’
त्यसैगरी कोरोना भाइरस विरुद्धको खोप नलगाएका व्यक्तिले खोप लगाउनु नै उचित हुने विज्ञको मत छ। खोप नलगाएका व्यक्तिलाई नै संक्रमणले बढी असर गरेको पाइएकाले खोप लगाउनुका साथै जनस्वास्थ्यका मापदण्ड अपनाउन उनीहरूको सुझाव छ।
तर, नेपालमा कति व्यक्तिले खोप लगाए भन्ने एकीन तथ्याङ्क नै छैन। वास्तविक रूपमा कति प्रतिशत व्यक्तिले खोप लगाए भन्ने एकिन तथ्याङ्क नै नभएको डा. मरासिनी बताउँन्। कति प्रतिशत र कहाँ–कहाँका व्यक्तिले खोप लगाउन बाँकी छ भनेर गाउँ–गाउँमा गएर सर्वेक्षण गरिसकेपछि खोप लगाउन बाँकी रहेका व्यक्तिलाई खोप लगाउनुपर्ने उनको सुझाव छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन पनि सरकारले निर्धारण गरे अनुसारका कोरोना भाइरस विरुद्धको खोप लगाउन अनुरोध गर्छन्। विशेषगरी पाको उमेर र दीर्घ रोगको समस्या भएका व्यक्तिलाई भने उनी खोप लगाउन सुझाव दिन्छन्।
यसरी बन्नसक्छ ‘इन्डामिक’
डा. मरासिनी कोरोना भाइरस संक्रमण पनि रैथाने रोगका रूपमा परिणत भएर बेला–बेलामा देखिनसक्ने बताउँछन्।
उनले भने, ‘कोरोना रैथाने रोगमा परिणत हुँदै गएकाले अहिले यसको प्रभाव एकदमै कम भइसक्यो।’
चिकित्सकको मत अनुसार दुई वा सो भन्दा धेरै मुलुकमा रोगको संक्रमण फैलिएर जनसंख्याको ठूलो हिस्सालाई प्रभावित बनाएको खण्डमा त्यस्तो रोगको संक्रमणलाई पेन्डामिक (महामारी) भनिन्छ।
यसरी महामारिका रूपमा देखिएको रोगको संक्रमण पुनः कुनै निश्चित भू–भागमा बेला–बेलामा देखिरहनुलाई भने चिकित्सकीय भाषामा ‘इन्डामिक’ भन्ने गरिन्छ। यस्तो रोगको संक्रमणलाई स्थानीय रोग पनि भन्ने गरिन्छ। विश्व स्वास्थ्य संगठनले नेपालको इन्डामिक रोगमा मुख्यतः डेंगुलाई राखेको छ।
‘अहिले कोरोनालाई पेन्डिमिकबाट इन्डामिकका रूपमा हेर्न सक्छौं। स्थानीय रूपमा देखिरहन सक्छ। बेला–बेलामा दुःख दिइरहने जोखिम छ।’
एक समय महामारी भएर फैलिएको कोरोना भाइरस संक्रमण पनि उत्परिवर्तन हुँदै स्थानीय रूपमा देखिरहन सक्ने चिकित्सक बताउँछन्। चिकित्सकको मत अनुसार इन्डामिकलाई पनि आउट ब्रेक, प्रकोप जस्ता नामले चिनिन्छ।
रोगको प्रकोपलाई सामान्यतया चिकित्सकीय भाषामा आउटब्रेक भन्ने गरिन्छ। जसलाई रोगको अचानक विस्फोट हुनु भन्ने रूपमा समेत बुझिन्छ। रोगको प्रकोपको तुलनामा रोगको महामारीले धेरै ठाउँमा फैलिएर धेरै व्यक्तिलाई प्रभावित बनाउँछ।
त्यसैगरी कुनै रोगको महामारीको इपिसेन्टर भन्नाले कुनै एक निश्चित क्षेत्रमा केन्द्र विन्दु बनाएर अन्य क्षेत्रमा भन्दा बढी फैलिई त्यस क्षेत्रमा बढी प्रभाव पारेको ठाउँको रूपमा बुझिन्छ। केन्द्रविन्दुलाई हटस्पटका रूपमा पनि लिइन्छ।
डा. पुनका अनुसार कोरोना भाइरसको गतिविधि पनि परिवर्तनशील छ। उत्परिवर्तन हुँदै गएकाले यसले कस्तो रुप देखाउँछ भन्ने नै महत्वपूर्ण हुन्छ। त्यसैले यो भाइरस स्थानीय रूपमा रहिरहनसक्ने उनी बताउँछन्।
‘अहिले कोरोनालाई पेन्डिमिकबाट इन्डामिकका रूपमा हेर्न सक्छौं,’ डा. पुनले भने, ‘स्थानीय रूपमा देखिरहन सक्छ। बेला–बेलामा दुःख दिइरहने जोखिम छ।’
त्यसो त उग्र रूपमा प्रस्तुत हुँदै हुँदैन भनेर एकीन गरेर भन्न भने कठिन हुने चिकित्सक बताउँछन्। वर्षौं समयको अन्तरालमा संक्रमण उग्र रूपमा प्रस्तुत हुनसक्ने सम्भावना हुन्छ।
विश्वस्वास्थ्य संगठनको वैशाख, २५ (८, मे) सम्मको तथ्यांक हेर्दा विश्वभरमा कोरोना भाइरस संक्रमणका कारण ६९ लाख २१ हजार ६ सय १४ जनाको ज्यान गइसकेको छ। नेपालमा मात्रै कोरोनाले हालसम्म १२ हजार ३१ जनाको ज्यान लिइसकेको छ।
वैशाख २६, २०८० मंगलबार १८:२५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।