बालिका बलात्कार आरोपमा ५४ वर्षीय पुरुष पक्राउ

बालिका बलात्कार आरोपमा ५४ वर्षीय पुरुष पक्राउ

उदयपुर : १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलका नगरपालिका–१ बालुवाटार टोल बस्ने ५४ वर्षीय अतिमान विक रहेका छन्। 

विकले ती बालिकालाई धाक धम्की देखाई वैशाख १८ गते बिहान बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

वैशाख २६, २०८० मंगलबार १४:२०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।