एसिया कप श्रीलंकामा सर्ने सम्भावना, एसीसीले मानेन पाकिस्तानको ‘हाईब्रिड मोडेल’
काठमाडौं : एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानबाट श्रीलंकामा सर्न सक्ने भएको छ।
प्रतियोगिता आयोजनाका लागि पाकिस्तानले अघि सारेको हाईब्रिड मोडेल एसियन क्रिकेट काउन्सिल (एसीसी) ले नमानेपछि एसिया कप श्रीलंकामा हुने सम्भावना बढेको हो।
पाकिस्तानमा आयोजना हुन लागेको एसिया कप खेल्न भारत पाकिस्तान भ्रमणमा नजाने भएपछि प्रतियोगिताको आयोजना अन्योलमा परेको थियो।
यसपछि पाकिस्तानले एसिया कपमा भारतको खेल जति यूएईमा गर्ने र अन्य खेल पाकिस्तानमै हुने गरि हाईब्रिड मोडेलको प्रस्ताव गरेको थियो।
एसिया कप आगामी सेप्टेम्बरमा हुने तय भएको छ।
एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपको लागि छनोट भएको नेपालले यसपालि पहिलो पटक एसिया कप खेल्दैछ। नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
वैशाख २६, २०८० मंगलबार ०८:५१:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।