सन्दीपको शल्यक्रिया सफल

काठमाडौं : नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले शल्यक्रिया सफल भएको छ।
लामो समयदेखि उनको शरीरमा रहेका ६ वटा लाईपोमाहरूको आज सर्जरी गरी निकालिएको हो।समाजिक सञ्जालमार्फत आफ्नो सफलतापूर्वक अप्रेसन सम्पन्न भएको बताएका छन्।
क्यानका मेडिकल कोअर्डिनेटर डा अभिषेक राज सिंहका अनुसार अहिलेको खाली समयको सदुपयोग गरी प्लान सर्जरी गरिएको हो।
सन्दिप भोलि नै डिस्चार्ज हुने र आगामी खेलहरूमा नियमित रूपमा फर्कने सिंहले बताए। उनको शल्यक्रिया नेपाल नेशनल अस्पतालमा गरिएको हो।
वैशाख २५, २०८० सोमबार २१:२३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।