पैसा दिन्छु भनी मकैबारीमा लगेर १७ वर्षीया किशोरी बलात्कार

मोरङ : १७ वर्षीया किशोरीलाई पैसा दिन्छु भनी मकैबारीमा लगेर बलात्कार गरेको आरोपमा मोरङमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ हाटखोला बस्ने २४ वर्षीय प्रवेश बस्नेत रहेका छन्।
बेलबारी नगरपालिका–७ स्थित मकै बारीमा ती किशोरीलाई पैसा दिन्छु भन्दै प्रलोभनमा पारी बस्नेतले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
वैशाख २५, २०८० सोमबार २०:४१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।