प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस

काठमाडौं : संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको छ।
सोमबार बसेको परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको हो।
कार्की हाल कामु प्रधानन्यायाधीश छन्। अब कार्कीको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन्।
साँझ छ बजे प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सिंहदरबारमा बैठक बसेको थियो।
बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानून, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए।
वैशाख २५, २०८० सोमबार १९:४३:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।