पाँच दिनपछि भेटिइन् अस्ट्रेलियाको जङ्गलमा फसेकी महिला, ललिपप र वाइनको भर

पाँच दिनपछि भेटिइन् अस्ट्रेलियाको जङ्गलमा फसेकी महिला, ललिपप र वाइनको भर

एजेन्सी : अष्ट्रेलियाको जङ्गलमा फसेकी ४८ वर्षीया महिला पाँच दिनपछि फेला परेकी छिन्।

भिक्टोरिया राज्यको घना जङ्गलमा यात्राका लागि गएकी उनले गलत मोड दिएपछि हराएकी थिइन्। उनको कार पनि माटोमा फसेको अवस्थामा भेटिएको थियो।

लिलियन आईपी नाम गरेकी महिलाले पाँच दिनसम्म ललीपप र एक बोत्तल रक्सीको सहारा लिएको बताएकी छन्। उपहारमा आएको वाइनको बोत्तल उनको कारमा थियो।

उनलाई शुक्रबार आपतकालीन सेवाले फेला पारेको हो। उनले अस्ट्रेलियाको एक टेलिभिजन च्यानलसँग भनेकी छन्, ‘मेरो दिमागमा पहिलो कुरा पानी र चुरोट थियो। म मर्छु भन्ने लाग्यो। शुक्रबार मेरो पूरै शरीरले काम नगर्ने भइसकेको थियो।’

बाँच्ने आशा गुमाएकी उनले आफ्नो परिवारलाई चिठी लेख्दै आफूले धेरै सम्झिएको र माया गरेको बताएकी थिइन्। भिक्टोरिया प्रहरीले लिलियनलाई भेटिएको ठाउँबाट नजिकैको शहर ६० किलोमिटर टाढा रहेको र स्वास्थ्यका कारण हिँड्न नसक्ने भएकाले उनी आफ्नो कारमै बसेको बताएको छ।

वैशाख २५, २०८० सोमबार १९:१७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।