प्रत्यक्ष निर्वाचति कार्यकारीको व्यवस्था गरौँः वामदेव गौतम
राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचन प्रणाली सुधार गर्नुपर्ने बताएका छन्।
राष्ट्रियसभाको सोमबारको बैठकमा उनले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रबन्ध गर्न माग गरेका हुन् ।
शासकीय प्रणाली र निर्वाचन प्रणालीमा सुधार नगर्दासम्म कुनै पनि परिवर्तन हुन नसक्ने उनको भनाइ थियो।
कृषि क्षेत्रको आमूल परिवर्तन नभई देशको आर्थिक परिवर्तन र सुधार हुन नसक्ने भएकाले त्यसमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
बलिदान र त्यागबाट राजनीतिक व्यवस्था परिवर्तन भए पनि खास अर्थमा आर्थिक, सामाजिक अवस्थामा कुनै सुधार नभएकाले त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
वैशाख २५, २०८० सोमबार १५:३८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।