दुई किशोरी बलात्कारको आरोपमा १८ वर्षका दुई किशोर पक्राउ

दुई किशोरी बलात्कारको आरोपमा १८ वर्षका दुई किशोर पक्राउ

उदयपुर : जिल्लामा १३ वर्षीया बालिका र १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आइतबार विहान दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका–१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका–४ बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका–३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन्।

उनीहरूले ती बालिका र किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

वैशाख २५, २०८० सोमबार १४:०३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।