'बर्सेनि ‘गरिनेछ’ भन्ने तर पूरा नगरिने बजेटले राज्यप्रति जनताको विश्वास कसरी बढाउँछ ?'

'बर्सेनि ‘गरिनेछ’ भन्ने तर पूरा नगरिने बजेटले राज्यप्रति जनताको विश्वास कसरी बढाउँछ ?'

रास्वपा सभापति तथा सांसद रवि लामिछानेले अर्थमन्त्रीले आज संदसमा प्रस्तुत गरेको विनियोजन विधेयक कर्मकाण्डी मात्र भएको आरोप लगाएका छन्। 

लामिछानेले उनलाई त्यसलाई केही हेरफेर मात्र गरिएको कर्मकाण्डी दस्तावेज मात्र भएको आरोप लगाए। 

अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटको प्राथमिकतामा तथा सिद्धान्तमा सरकारी खर्चको प्राथामिकीकरण हुन नसक्दा साधन स्रोत छरिने गरी विनियोजन गर्ने र आर्थिक वर्षको अन्त्यतिर खर्च गर्ने प्रवृत्ति कायमै रहेको तथा साधारण खर्चमा वृद्धि हुँदै गएको बताएका थिए। 

जसको प्रतिउत्तरमा लामिछानेले अहिले अर्थतन्त्र असाधारण अवस्थामा रहेको, नाकाबन्दी र कोभिडको सुरुवात भएको सशस्त्र द्वन्द्वको उत्कर्ष र दरबार हत्याकाण्डलगायतले असर गरेको ५८-५९ लाई छोड्ने हो भने यसवर्षको आर्थिक वृद्धिदर विगत ३ दशककै सबैभन्दा कम हुने देखिएको बताए। 'त्यसमाथि सरकारको प्रक्षेपण गर्ने क्षमता यति कमजोर देखियो कि ८ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनिएकोमा २ प्रतिशत पनि नहुने देखियो,’ उनले भने। 

देशको अर्थतन्त्र कता गइरहेको छ ? यसको आकलन गर्ने प्रक्षेपण गर्ने हाम्रो क्षमतासमेत कमजोर देखिएको पनि उनको भनाइ थियो। 

यस आर्थिक वर्षको ८ महिनामा गत कम राजस्व संकन भएको पनि उनले सदनमा बताए। ‘विगत पाँच वर्षमै राजस्व संकलन पहिलो पटक गत वर्षको भन्दा कम हुने जोखिम देखिएको छ’, उनले भने। 

आर्थिक वर्ष सकिन २ महिना बाँकी सरकारले राखेको लक्ष्यको ५१ प्रतिशत मात्र राजस्व संकलन भएको भन्दै यस्तो असाधारण अवस्थामा पुगेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन र आम सर्वसाधारणलाई राहत दिन सधैंको जस्तो कर्मकाण्डी योजनाले के होला ? उनले प्रश्न गरे। 

'सधैं एउटै कुरा गर्ने, नतिजाचाहिँ अलग अपेक्षा गर्ने हाम्रो बानी हो कि ? जनतालाई झुक्याउने खेल हो ? 
असफल नीति र प्रक्रियालाई निरन्तरता दिने कि नयाँ र श्रृजनात्मक प्रक्रिया अवलम्बन गर्ने ?' लामिछानेले प्रश्न गरे, ' बर्सेनि ‘गरिनेछ’ भनिने तर पूरा नगरिने बजेटले राज्यप्रति जनताको विश्वास कसरी बढाउँछ ?

अर्थमन्त्रीले अर्थतन्त्र र बजेट प्रणालीमा देखिएका विद्यमान समस्या र चुनौतीहरूलाई धेरै विश्व आर्थिक घटनाहरू र केही आन्तरिक कारणले भनेका भन्दै वास्तविकता त्यस्तो नभएको र त्यस्तो ठ्याक्कै उल्टो भएको बताए। 

राजनीतिक बेथिति विसंगति र संगठित रूपमा राजनीतिले गरिरहेको भ्रष्टाचारको कारण यस्तो भएको उनको बुझाइ थियो। 

योजनाहरू समयमा पूरा नहुनु र पूरा भएका योजनाहरू आशातीत प्रतिफल नदिएको उनले बताए। बाह्य कारण देखाएर उम्किन नमिल्ने उनले बताए। 

वैशाख २५, २०८० सोमबार १४:००:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।