संसद्मा लुगा खोलेर नांगिएका अमरेशले भने, 'मैले पहिल्यै सदनलाई भनिसकेको थिएँ'
आफूले संसदमा बोल्न नपाएको भन्दै संसदमा कपडा खोलेर आपत्ति जनाएका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा चरम भ्रष्टाचारले बढेको आरोप लगाएका छन्।
संसदमा आफूलाई बोल्न पाउनुपर्ने भनी शुरूमै सदनमा जानकारी गराए पनि नपाएको भन्दै आज प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले कपडा खोलेर विरोध जनाएका थिए।
बैठक छाडेर निस्किएका उनले पत्रकारहरूसँग भने, ‘भ्रष्टाचारको मुद्दामा संसद पछाडि हट्न मिल्दैन। मैले पहिला नै संसदमा बोल्न जानकारी गराएको थिएँ। तर मलाई बोल्न दिइएन।’
आफूले सदनमा बोल्न नपाए त्यहीँ लुगा खोलेर विरोध जनाउने आफूले पहिला नै सदनलाई बताइसकेको उनले बताए।
नेताहरूले भ्रष्टाचार गरेर विदेशका रकम जम्मा गरेको आरोप लगाउँदै सांसद सिंहले भ्रष्टाचार अन्त्य नभएसम्म देश विकास नहुने बताए।
विभिन्न समयमा भएका भ्रष्टाचारको प्रसंग उठाउँदै देशलाई शिक्षामा स्वास्थ्यमा पछाडि धकेल्ने काम भइरहेको आरोप लगाए। देशलाई नेताहरूले कंगाल बनाएको उनको आरोप थियो। भ्रष्टाचारको विरोधमा आफू सडकसम्म जान सक्ने उनले बताए।
वैशाख २५, २०८० सोमबार १२:२५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।